काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेट नमिता न्यौपाने धनपति जीवन बीमा योजनाको पनि एडभोकेट बन्न सफल भएकी छिन् ।
न्यौपाने कोशी प्रदेश योजना आयोग सदस्यसँगै, राजनीतिकर्मी, समाजसेवी, होटल र मेडिकल व्यवसायी समेत हुन् ।
यसअघि न्यौपाने सानीमा लाइफ इन्स्योरेन्सबाट टिओटी २०२५, टिओटी २०२४, एमडीआरटी २०२३, टिओटी २०२२, सीओटी २०२१, एमडीआरटी २०२० बन्न समेत सफल भैसकेकी छिन् ।
सानिमा रिलायन्स लाइफले धनपति बीमा योजनामा आफ्नो भिन्न उत्पादन रहेको जनाएको छ । सोही बीमा योजनामा नागरिकहरुले प्रवेश गर्न पाउने उमेर हद, बीमा अवधि, उक्त बीमा योजनाका बारेम समेत जानकारी दिएको छ । नेपाली बीमा बजार अनुसार उक्त बीमा योजना ग्राहकहरुको उत्कृष्ट रोजाई बन्ने विश्वास कम्पनीको छ ।
धनपति बीमा योजनका बारेमा
धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने योजना हो । यो योजना तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ ।
पहिलो : १२ वर्षे योजना
१२ वर्षको बीमांक अवधिमा चैथो वर्षमा बीमांकको २५ प्रतिशत रकम बीमितले पाउँछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ ।
दोस्रो :१५ वर्षे योजना
१५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमांकको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमांको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
तेस्रो : २० वर्षे योजना
२० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमांको ४० प्रतिशत रकम र बोनस दिइने छ । बीमितलाई रहेक पटक बीमांक प्रतिशत बराबर रकम दिए पनि उनलाई सोही बेलामा बीमितले पाउने निश्चित बोनस उपलब्ध गराइन्छ ।
धनपति बीमा योजना खरिदका लागि बीमितको उमेर १८ हुनुपर्छ । यस्तै उमेरहद अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमांक रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ ।
बीमा सकिने उमेर ६२, ६५ र ७० वर्ष तोकिएको छ । सोही बेलामा बीमा अवधि भने १२ वर्ष, १५ वर्ष र २० वर्ष तोकिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्