Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

मंगलम पाइप्स र कान्तिपुर मिडिया ग्रुपबीच सहकार्य

मंगलम पाइप्स र कान्तिपुर मिडिया ग्रुपबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडाैं ।  भारतमा क्रिकेटको महाकुम्भ मानिने इन्डीयन प्रिमियर लिग(आईपीएल) प्रसारणका लागि नेपालमा पहिलो सीपीभीसी पाइप उत्पादक मंगलम पाइप्स र कान्तिपुर मिडिया ग्रुपबीच सहकार्य भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा आईपीएल प्रसारण अधिकार पाएको कान्तिपुर मिडिया ग्रुपसँग मंगलम पाइप्सले ‘पावर्ड बाइ’ साझेदारका रूपमा सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिनभ चुरिवाले जानकारी दिए। उनका अनुसार नेपालमा क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ र यसले खेललाई मात्र नभई महत्वाकांक्षा, अनुशासन र विश्वासको प्रतीकका रूपमा स्थापित गरेको छ। “क्रिकेटका यिनै मूल्यहरूसँग मंगलम पाइप्सको दृष्टिकोण मेल खान्छ,” उनले बताए।

कान्तिपुरसँगको सहकार्यमार्फत मंगलम पाइप्सले आफ्नो ब्रान्डलाई देशभरि स्थापित गर्ने लक्ष्य लिएको छ। “हामी हरेक नेपालीको घरसम्म पुग्न चाहन्छौं, ताकि मानिसहरूले मंगलमलाई केवल एउटा ब्रान्ड होइन, सधैं साथ दिने ‘भरोसा’का रूपमा चिनून्,” चुरिवालले भने।

आगामी चैत १४ गतेदेखि सुरु हुने आईपीएलका सबै खेल कान्तिपुर म्याक्स बाट प्रसारण हुनेछन्। करिब एक महिनासम्म चल्ने प्रतियोगिताका खेलहरू लाखौं नेपाली क्रिकेटप्रेमीले हेर्ने अपेक्षा गरिएको छ। मंगलम पाइप्स यस प्रसारणमा ‘पावर्ड बाइ’ साझेदार रहनेछ।

मंगलम पाइप्सले आधुनिक पूर्वाधारका लागि उच्च गुणस्तरीय पाइपिङ समाधान उपलब्ध गराउँदै आएको छ। आवासीय तथा व्यावसायिक क्षेत्रमा कम्पनीले आफ्नो उपस्थिति बलियो बनाएको छ। कम्पनीका अनुसार ‘ढुक्क जिन्दगीभर’ भन्ने प्रतिबद्धता केवल नारामा सीमित नभई दीर्घकालीन विश्वासको प्रतीक हो।

सन् २००९ मा स्थापना भएको मंगलम पाइप्स नेपालमा उच्च गुणस्तरीय पाइपिङ समाधान उत्पादन गर्ने अग्रणी कम्पनीमध्ये एक हो, जसले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit