Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने
विज्ञापन
Advertisement

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि समस्या सिर्जना गर्दै आएको ‘ध्रुवे’ हात्तीलाई रेडियो कलर जडान गरेको छ । अब रेडियो कलरमार्फत हात्तीको गतिविधि र अवस्थिति नियमित रूपमा निगरानी गरिने तथा बस्ती क्षेत्रमा प्रवेश गर्नुअघि नै स्थानीयलाई जानकारी गराइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

निकुञ्जका अनुसार साउन ३१ गते बेलुका करिब ७ः१५ बजे निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि विशेषज्ञ टोलीले रेडियो कलर जडान गरेको हो। पछिल्लो समय मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र पारिएको थियो।

असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटाकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएपछि थप मानवीय क्षति रोक्न दीर्घकालीन व्यवस्थापनको माग उठेको थियो।

यसैक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेट गरी दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएकी थिइन्। पीडित परिवार र स्थानीयवासीले हात्तीको प्रभावकारी व्यवस्थापनको माग गरेका थिए।

रेडियो कलर प्रविधिमार्फत ध्रुवे हात्तीको जिपिएस लोकेसन छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले जोखिमयुक्त क्षेत्रको पूर्वानुमान गर्न, हात्तीको आवतजावतको निगरानी गर्न तथा बस्ती क्षेत्रमा समयमै सतर्कता अपनाउन सहज हुने विश्वास गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी जारी राख्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit