Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पार्टीभित्रको विवाद सुल्झाउन देउवा पक्ष सक्रिय, बैशाखमै एकताको अधिवेशन गर्ने तयारी

पार्टीभित्रको विवाद सुल्झाउन देउवा पक्ष सक्रिय, बैशाखमै एकताको अधिवेशन गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट पक्षले आगामी बैशाखका लागि तय भएको १५औं महाधिवेशनलाई नै ‘एकताको अधिवेशन’ का रूपमा अघि बढाउने रणनीति बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार भएको देउवा पक्षीय विस्तारित बैठकमा पार्टी एकताको पहल स्वरुप मंसिरको बैठकले तय गरेको बैशाखकै मितिमा १५औं महाधिवेशन सम्पन्न गर्ने गरी छलफल गरेको हो । नेता मीन विश्वकर्माले पार्टीलाई वैधानिक संकटबाट जोगाउन र सबैलाई गोलवद्ध गर्न बैशाखकै महाधिवेशन उपयुक्त विकल्प भएको बताए ।

विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो। त्यो समय पनि आइसकेको छ, त्यसका बारेमा के गर्ने र पार्टीलाई निर्वाचन आयोग र अदालतले वैधानिकता अद्यावधिक गरेर गगन थापा नेतृत्वको कांग्रेसलाई कार्यसमितिलाई वैधानिकता दिइसकेपछि बाँकी साथीहरूलाई अब कसरी पार्टी एकताका लागि क्रियाशील बनाउने र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।’

त्यस्तै, अर्का नेता कुन्दनराज काफ्लेले देशको पछिल्लो राजनीतिक परिस्थिति र निर्वाचनपछिको समीक्षा बैठकको प्राथमिकतामा परेको जानकारी दिए । उनले राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाउने चर्चालाई नियमित प्रक्रिया भएको टिप्पणी गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit