Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुदै, तयारी पूरा

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुदै, तयारी पूरा
विज्ञापन
Advertisement

काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

यसै सन्दर्भमा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा यही बैशाख २१ गते कोशीको विराटनगरमा हुन गईरहेको राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६को तयारी पूरा भएको छ ।

सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको छ । विहिबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताउनुभयो । सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिबृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबद्र्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने उनले जानकारी दिए ।

सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेको सीएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताइन् ।
सम्मेलनको मुख्यवक्ता गोल्यान गु्रपका संस्थापक अध्यक्ष पवन गोल्यान र विशिष्ट अतिथि सविना काफ्ले रहने छिन् ।

यस सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास परिसंघले लिएको छ ।

सम्मेलनलाई सफल बनाउन प्रायोजकको रुपमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेजले रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit