images images images
images images images
images
images
images

राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारका लागि औंल्याएको तीन तहको सुरक्षा के हो ?

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधिको बढ्दो दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यका औंल्याएको छ ।

राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको जनाएको छ ।
प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको उल्लेख गरेको छ ।

images
images

के के हुन राष्ट्र बैंकले औंल्याएको तीन सुरक्षा तह ? 

पहिलो– तपाईंलाई मात्र थाहा हुने 

यो तहको सुरक्षाले व्यक्ति आफूलाई मात्र थाहा हुने बैंकिङ जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश गरिएको हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा प्रयोगकर्ताको ज्ञान र सम्झनामा भर पर्छ ।

दोस्रो – तपाईंसँग मात्र हुने

यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति स्वयंमसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

तपाईंको आफ्नै 

यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।

केन्द्रीय बैंकले डिजिटल वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न सूचनामार्फत आग्रह समेत गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्