Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

डोङफेङले ल्यायो ५ लाख मुनिको इलेक्ट्रिक एसयूभी नामी ०६ ई१

डोङफेङले ल्यायो ५ लाख मुनिको इलेक्ट्रिक एसयूभी नामी ०६ ई१
विज्ञापन
Advertisement

काठमाडौं । दक्षिण अफ्रिकामा विद्युतीय सवारी साधनको बजार तातिरहेका बेला चिनियाँ अटो जायन्ट डोङफेङले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी नामी ०६ ई१ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो गाडी दक्षिण अफ्रिकाकै सबैभन्दा सस्तो पूर्ण विद्युतीय एसयूभी बनेको छ, जसको मूल्य अन्य प्रतिस्पर्धीको तुलनामा निकै कम राखिएको कम्पनीको दाबी छ।

नामी ०६ ई१ मा शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले शहरी र राजमार्ग दुवै यात्राका लागि उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले उल्लेख गरेको छ। यसमा १२० किलोवाट (फ्रन्ट–माउन्टेड ) मोटर, २३० न्युटन मिटर टर्क, ० देखि १०० कि.मी. प्रतिघण्टा मात्र ७.८ सेकेन्डको गति, मोडलमा ६० किलोवाट डीसी फास्ट चार्जिङ उपलब्ध छ । (३० मिनेटमा ८०५ चार्ज) जबकि उच्च मोडल ई१ मा १६७ किलोवाटसम्मको अल्ट्रा–फास्ट चार्जिङ सपोर्ट रहेको बताइएको छ।

बजेटमैत्री भए तापनि डोङफेङले यसमा प्रिमियम सुविधाहरू दिएको छ ।
जसमा १२.८ इन्चको विशाल सेन्टर डिस्प्ले र ८.८८ इन्चको डिजिटल क्लस्टरसहितको इन्फोटेन्मेन्ट सुविधा रहेको छ । यसैगरी, ६ वटा एयरब्याग, रियर–भ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ र स्टेबिलिटी कन्ट्रोल दिने सुरक्षा एवं ५० वाटको वायरलेस फोन चार्जर, लेदरेट सिट र ५०० लिटरको बुट स्पेस उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो गाडी कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी ५ रंगमा उपलब्ध छन् । यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्‍यान्ड तोकिएको छ, जुन हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5 भन्दा २ लाख र्‍यान्ड कम भएको कम्पनीले उल्लेख गरेको छ।

चीनको चार ठूला सरकारी अटो कम्पनीमध्ये एक डोङफेङले हालै निसान ९ल्ष्ककबल० सँग रणनीतिक साझेदारी गरेको छ। यस सहकार्यले गर्दा अन्तर्राष्ट्रिय बजारमा कम्पनीको विश्वसनीयता र प्रविधिमा थप सुधार आउने विश्वास गरिएको छ।

दक्षिण अफ्रिकामा पेट्रोल र डिजेलको बढ्दो मूल्य र वातावरणीय चेतनाका कारण इभीको माग बढिरहेको छ। यस्तो समयमा नामी ०६ ई१ को प्रवेशले इभी बजारलाई अझ बढी पहुँचयोग्य बनाउने कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit