Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

निर्माण व्यवसायी सडकमा, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना

निर्माण व्यवसायी सडकमा, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना
विज्ञापन
Advertisement

काठमाडौं । इन्धन र निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिको विरोध गर्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मध्यपूर्वमा जारी युद्धका कारण ढुवानी, श्रमिक लागत र सामग्रीको मूल्य आकासिए पनि सरकारले सम्बोधन नगरेको भन्दै महासंघले बिहीबार देशभर शान्तिपूर्ण विरोधका कार्यक्रम सुरु गरेको हो।

केन्द्रमा विभागहरू घेराउ
काठमाडौंमा महासंघको एशोसिएट सदस्य समन्वय समितिको नेतृत्वमा सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा आधा घण्टा धर्ना दिइएको छ। समितिका संयोजक नवराज श्रेष्ठले दुवै विभागका महानिर्देशकहरूलाई ज्ञापन–पत्र बुझाउँदै निर्माण उद्योग हाल ‘विकराल अवस्था’ बाट गुज्रिरहेको जानकारी गराए ।

७७ वटै जिल्लामा प्रदर्शन
केन्द्रको कार्यक्रमसँगै महासंघमा आबद्ध सबै ७७ जिल्लाका निर्माण व्यवसायी संघहरूले पनि आ–आफ्नो जिल्लामा विरोध प्रदर्शन गरेका छन्। व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयहरूमा आधा घण्टा धर्ना दिएका छन्।महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार, हालको मूल्यवृद्धिका कारण निर्माण कार्य अगाडि बढाउन नसकिने र देशभरका आयोजनाहरू ठप्प हुने स्थिति आएको छ।

महासंघले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ । शुक्रबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापन पत्र बुझाई धर्ना दिने महासंघले जनाएको छ।

भोली प्रदेश सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई ज्ञापन–पत्र बुझाइने र मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिइने प्रवक्ता मंगलबहादुर शाहीले जानकारी दिए । ‘बजारमा सबै वस्तुको मूल्य बढेको छ, तर निर्माण ठेक्काको रेट पुरानै हुँदा हामी टाट पल्टिने अवस्थामा पुग्यौँ,’महासचिव घिमिरेले भने,‘ सरकारले तत्काल मूल्य समायोजन नगरे देशभरका विकास निर्माणका काम पूर्ण रूपमा बन्द हुनेछन्।’

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीमा संशोधन गरी मूल्य समायोजनको व्यवस्था गर्न र रुग्ण आयोजनाहरूको म्याद थप गर्न माग गर्दै आएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit