Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सीईओ ज्योति प्रकाश पाण्डेको पक्राउमा सर्वोच्च अदालतको कारणदेखाउ आदेश

सीईओ ज्योति प्रकाश पाण्डेको पक्राउमा सर्वोच्च अदालतको कारणदेखाउ आदेश
विज्ञापन
Advertisement

काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेको पक्राउ सम्बन्धमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनका क्रममा सरकारलाई हानी पुर्‍याउने गरी ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो।

यता निवेदक दाहालले पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेकी छन्। योसँगै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएर यस विषयमा थप निर्णय लिने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit