Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२७ सय ७७ बिन्दुमा नेप्से, कारोबार रकम घट्दा हाइड्रोपावरका लगानीकर्ता नाफामा

२७ सय ७७ बिन्दुमा नेप्से, कारोबार रकम घट्दा हाइड्रोपावरका लगानीकर्ता नाफामा
विज्ञापन
Advertisement

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले घटेर २७ सय ७७.१० बिन्दुमा बन्द भएको छ।

विज्ञापन
Advertisement
Advertisement

परिसूचकसँगै मंगलबार बजारमा कारोबार रकम पनि संकुचित भएको छ। सोमबार ५ अर्ब ९८ करोड रूपैयाँको शेयर खरिद–बिक्री भएकोमा मंगलबार त्यो रकम घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। यसदिन ३४२ वटा धितोपत्रको कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

मंगलबार बजार घट्दा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कारोबारमा आएका कम्पनीमध्ये कुल ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ११ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । यसदिन १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक मात्र हरियो रह्यो भने बाँकी ११ वटा समूहको परिसूचक घटेका छन् ।

घट्दो बजारमा पनि कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यस कम्पनीको शेयर मूल्य ९.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३२७ रूपैयाँ ७० पैसा पुगेको छ।
त्यस्तै, दोस्रो धेरै कमाउनेमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ, जसको मूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५९० रूपैयाँ कायम भएको छ। त्रिशुली जलविद्युत, श्रृजनशील लघुवित्त र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ता पनि मंगलबारका शीर्ष कमाउने सूचीमा परेका छन्।

तर, सर्वाधिक मूल्य घट्ने कम्पनीमा सुपर खुदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। यसको शेयर मूल्य ३.६० प्रतिशतले घटेर प्रतिकित्ता ९९२ रूपैयाँमा झरेको छ। यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य पनि ३.१४ प्रतिशतले ओरालो लागेको छ। कारोबार रकमका आधारमा मंगलबार आँखुखोला जलविद्युत कम्पनीले बजारमा वर्चस्व कायम गर्‍यो। यस कम्पनीको सर्वाधिक ४६ करोड ७२ लाख रूपैयाँ बराबरको शेयर किनबेच भयो। आँखुखोलाको शेयर मूल्य अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले बढेर प्रतिकित्ता ४२२ रूपैयाँ ९० पैसा पुगेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit