Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन, गौतमबुद्ध र पोखरा विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गरिने

त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड विनियोजन, गौतमबुद्ध र पोखरा विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गरिने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र हवाइ पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विशेष बजेटको व्यवस्था गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले लामो समयदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन मोडालिटी आगामी ६ महिनाभित्र तय गरिने समेत घोषणा गरे।

सरकारले निर्माण सम्पन्न भएर पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई नयाँ व्यवस्थापनमा लैजाने नीति लिएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक–निजी साझेदारी मोडेल अन्तर्गत सञ्चालन तथा व्यवस्थापन गरिने बजेटमा उल्लेख छ। यस कदमले यी विमानस्थलहरूको व्यावसायिक व्यावसायिकता र अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्ने सरकारको विश्वास छ।

यसैगरी, आन्तरिक उडानतर्फ चितवनको भरतपुर विमानस्थलमा रात्रीकालीन उडान को व्यवस्था मिलाइने घोषणा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit