Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरणसँगै सरकारले नयाँ आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी आधार प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति कार्यालयद्वारा  जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको हो।

संघीय संसद्को दुवै सदनबाट पारित भएपछि यी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम, आयोजना तथा बजेट कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा अघि बढाउन सक्ने भएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न विकास आयोजना, सामाजिक क्षेत्र, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ। अब विधेयक प्रमाणीकरणसँगै ती कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit