Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सेमत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको नेतृत्वसँगै कृषि, विपद् व्यवस्थापन, खेलकुद तथा मिटर ब्याज पीडितसँग सम्बन्धित थप विभिन्न निर्णयहरू गरेको छ।

बैठकले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै, अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit