काठमाडौं। सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने तथा आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेपछि कर्मचारीहरुले विरोध गरेका छन् ।
मंगलबार १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिँदै निर्णय फिर्ता लिन माग गरेका हुन्।
आन्दोलनमा सहभागी कर्मचारीहरूले सरकारको निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा पर्ने भन्दै सेवा निरन्तरता र रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन् ।
माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।















प्रतिक्रिया दिनुहोस्