Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

आजदेखि लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी अनलाइनबाटै हुने

आजदेखि लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी अनलाइनबाटै हुने
विज्ञापन
Advertisement

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई साउन १ अर्थात् आजदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपको क्यूआर कोड प्रयोग गरी व्यक्तिगत विवरण स्वतः भर्न सक्नेछन् भने राजस्व भुक्तानी पनि अनलाइनबाटै गर्न सकिनेछ।अनलाइन फारम भरे पनि प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

राष्ट्रिय परिचयपत्र वा नागरिक एप नभएका सेवाग्राहीको हकमा भने पुरानै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् राखिएको छ।

अनलाइन सेवालाई थप व्यवस्थित बनाउन सातवटै प्रदेशका कार्यालयहरूले आ–आफ्नो क्षेत्रका सेवाग्राहीका जिज्ञासा र समस्या सम्बोधन गर्नेछन्। यसका लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल, इमेल र सम्पर्क नम्बरहरूको व्यवस्था गरिएको विभागले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit