Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
विज्ञापन
Advertisement

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि सडकमा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण करिब १५ मिटर सडक पुरिएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रु, स्थानीयवासी तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। खाँदबारी–किमाथाङ्का सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक सञ्जाल भएकाले आवागमनमा समस्या उत्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रमाद मैनालीका अनुसार पहिरोको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। तर पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिएको उनले बताए। उनका अनुसार स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले पछिल्लो समय सडक आसपासका भिरालो क्षेत्रमा सुक्खा पहिरो खस्ने घटना बढ्दै गएको बताए। कमजोर चट्टान तथा ढुङ्गा खस्ने जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरे। योजना कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी भइरहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit