Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भाजपा मुख्यालयमा सभापति रवि लामिछानेलाई भव्य स्वागत, पुष्प वर्षा र बाजागाजासहित सम्मान

भाजपा मुख्यालयमा सभापति रवि लामिछानेलाई भव्य स्वागत, पुष्प वर्षा र बाजागाजासहित सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा बाजागाजासहित भव्य स्वागत गरिएको छ। मुख्यालय परिसरमा पुष्प वर्षा गर्दै उनलाई सम्मान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

लामिछानेसहितको प्रतिनिधिमण्डललाई भाजपाका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका थिए। भ्रमणका क्रममा दुवै पक्षबीच नेपाल–भारत सम्बन्ध, पार्टीगत सहकार्य तथा लोकतान्त्रिक अभ्यासबारे छलफल भएको जनाइएको छ। रास्वपाका अनुसार भ्रमणको उद्देश्य रास्वपा र भाजपा बीच पार्टी–टु–पार्टी सम्बन्धको सुरुवात गर्नुका साथै संगठन निर्माण, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नु हो।

भाजपाले नेपाली प्रतिनिधिमण्डलसँग रचनात्मक संवादका लागि आफू तत्पर रहेको जनाएको छ। मुख्यालयले लामिछानेको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ। यसअघि मंगलबार ‘भाजपालाई चिन्नुहोस्’ अभियानअन्तर्गत १२ देशका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भाजपाका अध्यक्ष नितिन नवीन तथा विदेश मामिला विभागका प्रभारी विजय चौथाईवा सहभागी थिए।

शनिबार आयोजित अर्को कार्यक्रममा नितिन नवीनले भाजपाको यात्रा केवल राजनीतिक विस्तारको कथा नभई राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा र समाजको अन्तिम व्यक्तिसम्म विकास पुर्‍याउने अभियान भएको बताएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit