Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
विज्ञापन
Advertisement

चन्द्रपुर (रौतहट) । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले जानकारी दिए । बालिकाको शुकदेव चोकबाट शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बढइले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit