काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म ४८९ जनाको शव फेला परेको छ । बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जना रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ४७३ जना प्रहरी परिचालन गरेको जनाएको छ । सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीसहित अन्य बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्