Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

मलंगवामा खुल्यो एम्पियरको आधिकारिक शोरुम

मलंगवामा खुल्यो एम्पियरको आधिकारिक शोरुम
विज्ञापन
Advertisement

सर्लाही। भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर इलेक्ट्रिक’ले मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित एम्पियरले नेपालभर बजार विस्तार गर्ने अभियानअन्तर्गत नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले बी.एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्रको जिम्मेवारी दिएको छ।

नयाँ शोरुमबाट ग्राहकहरूले एम्पियरका विद्युतीय स्कुटर अवलोकन, परीक्षण सवारी, खरिद तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। एम्पियरले छोटो समयमै नेपालका विभिन्न क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको छ। एसटीसी अटो सोलुसनसँगको सहकार्यमा कम्पनीले गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो बिक्रीपछिको सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

एम्पियर इलेक्ट्रिक भारतको अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीअन्तर्गतको प्रिमियम ब्रान्ड हो। दशकभन्दा बढी अनुभव भएको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गर्ने एम्पियर स्कुटरहरू सुरक्षा, भरपर्दोपना र उच्च कार्यक्षमताका लागि परिचित छन्। एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट (एलएफपी) ब्याट्री सुरक्षित, टिकाउ र लामो आयु भएको आधुनिक ब्याट्री प्रविधि हो।

कम्पनीका अनुसार यी ब्याट्रीहरू माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका छन्। साथै, ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको छ।

उपलब्ध मोडल तथा मूल्य
एम्पियर नेक्सस ईएक्स – ३ लाख ३५ हजार रुपैयाँ
एम्पियर नेक्सस ईएक्स प्लस – ३ लाख ४५ हजार रुपैयाँ
एम्पियर म्याग्नस जी म्याक्स – ३ लाख १५ हजार रुपैयाँ

मलंगवामा आधिकारिक बिक्री तथा सेवा सञ्चालनसँगै एम्पियर इलेक्ट्रिकले नेपाली बजारमा दिगो र वातावरणमैत्री यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप मजबुत बनाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit