Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट
विज्ञापन
Advertisement

काठमाडौं । भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिकास्थित कुखुरा फार्ममा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएपछि संक्रमण नियन्त्रणका लागि ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का प्रभावित फार्ममा ३८ हजार ७९५ वटा तथा सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्ममा नौ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको हो।

बर्डफ्लू पुष्टि भएका फार्ममा रहेका कुखुरा संक्रमण थप फैलिन नदिन स्वास्थ्य मापदण्ड अनुसार नष्ट गरिएको डा. श्रेष्ठले जानकारी दिए।

पशु सेवा कार्यालयले प्रभावित क्षेत्रको निगरानी बढाइएको तथा संक्रमण नियन्त्रणका लागि आवश्यक जैविक सुरक्षा (बायोसेक्युरिटी)का उपाय अपनाइएको जनाएको छ। साथै, किसानलाई कुखुरामा असामान्य मृत्यु वा रोगका लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit