काठमाडौं । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा सरुवा गरेको छ।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको हो।
जेठ १५ आसपास रसुवा भन्सार कार्यालयबाट भएका सवारीसाधन जाँचपास प्रक्रियामा त्रुटि देखिएपछि विभागीय प्रमुखका रूपमा नैतिक जिम्मेवारीसमेत रहने निष्कर्षसहित भण्डारीलाई मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ। यसअघि १३ जना कर्मचारीमाथि कारबाही गरिएको थियो।
भण्डारी मन्त्रालयमा तानिएसँगै भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ। भण्डारी २०८२ साल भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकका रूपमा कार्यरत थिए।















प्रतिक्रिया दिनुहोस्