Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

आज ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

आज ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार एक वर्ष अवधिको उक्त ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। निष्कासन गरिने ऋणपत्रको परिपक्व अवधि एक वर्ष (२०८४ असार १७ ) गते रहनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको विभागले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछ। यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पछिल्लो समय बढ्दो तरलतालाई व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण तथा ऋणपत्रमार्फत बजारबाट नगद तान्ने नीति अवलम्बन गर्दै आएको छ। केन्द्रीय बैंकले आज पनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेर बजारमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्ने प्रयास गरेको हो। असार १६ गते मंगलबार पनि राष्ट्र बैंकले ३५ अर्ब तानेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit