Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

आइक्यानको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा गरिमा विकास बैंकलाई सिल्भर अवार्ड

आइक्यानको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा गरिमा विकास बैंकलाई सिल्भर अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२५ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइक्यानले विभिन्न कम्पनीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा गरिमा विकास बैंक विकास बैंक समूहबाट सिल्भर अवार्डबाट सम्मानित भएको हो।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit