काठमाडौं । एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार सामुदायिक विद्यालयलाई सूचना प्रविधिसम्बन्धी शैक्षिक सामग्री सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ असुर्पास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयलाई दुई थान प्रोजेक्टर, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर तथा अछामका श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई दुई–दुई थान ल्यापटप, चार–चार थान डेस्कटप कम्प्युटर र एक–एक थान प्रिन्टर उपलब्ध गराएको हो। उक्त सामान हालै मात्र वितरण गरिएको जनाइएको छ।
बैंकका अनुसार भुवनेश्वरी माध्यमिक विद्यालयमा १५३ भन्दा बढी, यमुनानन्द नमुना माध्यमिक विद्यालयमा १,०८७ भन्दा बढी, मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४८३ भन्दा बढी र अन्नपूर्ण माध्यमिक विद्यालयमा ४०५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
सहयोग सामग्री सम्बन्धित शाखा प्रमुखहरूले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई असार १७ र १८ गते आयोजित कार्यक्रममा हस्तान्तरण गरेको
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिए।
बैंकले उपलब्ध गराएको सूचना प्रविधि सामग्रीले विद्यार्थीको पठनपाठनलाई थप प्रभावकारी बनाउन, विद्यालयमा प्रविधिमैत्री शिक्षाको विस्तार गर्न तथा प्रशासनिक कार्यलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथैं आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिइने बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्