Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

विभिन्न कार्यक्रम गरेर यामाहाले मनायो ७१औँ वार्षिकोत्सव, ३५० युनिट रगत संकलन

विभिन्न कार्यक्रम गरेर यामाहाले मनायो ७१औँ वार्षिकोत्सव, ३५० युनिट रगत संकलन
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा नेपालले आफ्नो ७१औँ वार्षिकोत्सव देशभर विभिन्न सामुदायिक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै मनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

जुलाई १ लाई विश्वभर ‘यामाहा डे’ का रूपमा मनाइने परम्पराअनुसार यस वर्ष नेपालका सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर र समुदायलाई सहभागी गराएर विविध कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।  वार्षिकोत्सवको अवसरमा देशभरका यामाहा शोरुम, डिलरशिप र आउटलेटमा एकैसाथ केक काट्ने कार्यक्रम आयोजना गरिएको थियो। कम्पनीले २० वर्षदेखि निरन्तर सेवा गरेका कर्मचारीलाई सम्मान गरेको थियो भने नेपालभरका १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

ग्राहक लक्षित योजनाअन्तर्गत देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो। साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानमार्फत प्रत्येक प्रदेशका एक–एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ। जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहार वितरण गरिएको जनाइएको छ ।सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जहाँबाट करिब ३५० युनिट रगत संकलन भएको बताइएको छ। विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ। साथै, १६ देखि ४० वर्षसम्म यामाहा सवारी प्रयोग गरेका पुराना ग्राहक, १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा गरेका राइडर, प्रि–ओन्ड सवारी व्यवसायी तथा लामो समयदेखि कार्यरत मेकानिकलाई सम्मान गरिएको थियो। वार्षिकोत्सवकै अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्दै सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरिएको थियो। यामाहाको राइडिङ कम्युनिटी ‘ब्लू स्ट्रिक्स’ले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरेको थियो।

एमएडब्लू राइड्स प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा नेपाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको उल्लेख गर्दै डिलर, ग्राहक र समुदायको निरन्तर साथले ब्रान्डलाई यहाँसम्म पुर्‍याएको बताए। उनका अनुसार यामाहा केवल मोटरसाइकल ब्रान्ड नभई समुदायसँगै अघि बढ्ने संस्थाका रूपमा स्थापित भएको छ।

यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही तथा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि ७१औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै यामाहाको दीर्घकालीन यात्राको प्रशंसा गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छट ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit