Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

आई.एम.ई. लाइफ इन्स्योरेन्स अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

आई.एम.ई. लाइफ इन्स्योरेन्स अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित “इमर्जिङ एसिया अवार्ड”बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्यान्डको बैंककमा आयोजित छैठौँ संस्करणको उक्त कार्यक्रममा कम्पनीले तीन विभिन्न विधामा अवार्ड जित्न सफल भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले उत्कृष्ट ग्राहक–केन्द्रित सेवा (The Best Customer Oriented Company), बीमा कभरेजमा उत्कृष्ट रणनीति (Best Strategies for Insurance Coverage) मा संयुक्त अवार्ड तथा बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) विधामा सम्मान प्राप्त गरेको जनाएको छ । स्वतन्त्र तथा अन्तराष्ट्रिय निर्णायकमण्डलले मूल्यांकन गरी अवार्ड प्रदान गरेको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रमले आई.एम.ई. लाइफ इन्स्योरेन्सले प्रदान गर्दै आएको ग्राहक–केन्द्रित सेवा, नवप्रवर्तनकारी रणनीति तथा सहभागितामूलक नेतृत्वलाई अन्तराष्ट्रिय स्तरमै कदर गरेको कम्पनीको भनाइ छ । बीमा सचेतना विस्तार गर्ने, आधुनिक प्रविधिमैत्री सेवा विकास गर्ने तथा महिलालाई नेतृत्वमा सशक्त बनाउने कम्पनीको लक्ष्यलाई यस अवार्डले थप प्रोत्साहन पुगेको उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल छलफलमा सहभागी भएका थिए । उनले डिजिटल प्रविधि तथा एआईको उपयोग, बीमा उद्योगका चुनौती र सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीबन कम्प्लेक्स, लैनचौरमा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit