Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

दुर्गा प्रसाईँलाई विमानस्थलबाटै प्रहरीले पुर्यायो भक्तपुर

दुर्गा प्रसाईँलाई विमानस्थलबाटै प्रहरीले पुर्यायो भक्तपुर
विज्ञापन
Advertisement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवास पुर्‍याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार झापाबाट काठमाडौं फर्किएका प्रसाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँ विमानस्थलमा ओर्लिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीमा राखेर उनलाई भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उनलाई केही समय नियन्त्रणमा लिएर घर पुर्‍याइएको हो। ‘हामीले पक्राउ गरेको होइनौँ।उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो। त्यसैले सुरक्षाका लागि घर छोडेर आएका हौँ,’ एसपी भट्टराईले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit