Advertisement
Advertisement
Corporate Samachar
९ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

होण्डाद्वारा पुराना मोडेलका कारका लागि निःशुल्क एयरब्याग सुरक्षा रिकल अभियान सञ्चालन

होण्डाद्वारा पुराना मोडेलका कारका लागि निःशुल्क एयरब्याग सुरक्षा रिकल अभियान सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना मोडेलका होण्डा कारका लागि निःशुल्क एयरब्याग सुरक्षा रिकल अभियान सञ्चालन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका केही होण्डा कारमा जडान गरिएका एयरब्याग इन्फ्लेटर मा सम्भावित प्राविधिक जोखिम देखिन सक्ने भएकाले उक्त समस्या समाधान गर्न अभियान सञ्चालन गरिएको हो।

यो अभियानअन्तर्गत सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका कारहरू समेटिएका छन्। ग्राहकले आफ्नो गाडी रिकल अभियानमा समावेश भएको वा नभएको होण्डाको आधिकारिक वेबसाइटमार्फत पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत प्रभावित सवारीसाधनको एयरब्याग परीक्षण, आवश्यक मर्मत तथा एयरब्याग इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकबाट कुनै पनि शुल्क नलिइने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सम्बन्धित ग्राहकलाई आफ्नो नजिकको होण्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग जाँच गराउन आग्रह गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit