Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

सिरहामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

सिरहामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने
विज्ञापन
Advertisement

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले सूचना जारी गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराइने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनाअनुसार राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएकाले सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि सेवा सञ्चालन गरिनेछ।

कार्यालयले सेवाग्राहीलाई तोकिएका आवश्यक कागजातसहित उपस्थित भई सेवाको लाभ लिन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit