Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ स्थापना दिवस

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ स्थापना दिवस
विज्ञापन
Advertisement

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले बिहिबार विविध कार्यक्रम आयोजना गरी आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।

उपकुलपति प्रा. डा. भेला थापाले विश्वविद्यालयको वर्तमान अवस्था, हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी दिँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखिएको बताए।

वि.सं. २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत हाल पाँच अध्ययन संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ आङ्गिक क्याम्पस, एक हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस र चार अध्ययन केन्द्र सञ्चालनमा छन्।

विश्वविद्यालयमा हाल करिब पाँच लाख विद्यार्थी अध्ययनरत छन् भने १६ हजार ६२ कर्मचारी कार्यरत रहेको विश्वविद्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit