Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

झापा र चितवनका ३९ भूमिहीन सुकुम्बासीले पाए लालपुर्जा

झापा र चितवनका ३९ भूमिहीन सुकुम्बासीले पाए लालपुर्जा
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले झापा र चितवन दुई जिल्लाका ३९ भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण सुरु गरेको थियो ।

यसैबीच, आजै झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) आजै वितरण गरिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी पूर्जा वितरण गर्ने क्रममा यसअघि हिजोमात्र झापा अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ घरपरिवारलाई लालपूर्जा बाँडेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit