Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाल टेलिकमले ल्यायो नयाँ मनसुन अफर, थप सुविधा सहितका डाटा र भ्वाइस प्याक

नेपाल टेलिकमले ल्यायो नयाँ मनसुन अफर, थप सुविधा सहितका डाटा र भ्वाइस प्याक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि नयाँ डाटा तथा भ्वाइस प्याकेज सञ्चालनमा ल्याएको छ। सोमबारदेखि लागू भएको अफरमा नयाँ प्याक थपिनुका साथै केही लोकप्रिय प्याकेजलाई थप सुविधासहित निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

पोस्टपेड सेवाअन्तर्गत ३७३ रुपैयाँ र ४९९ रुपैयाँका दुई नयाँ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपैयाँको प्याकमा ३० दिनका लागि ६ जीबी डाटा, ४०० मिनेट अल–नेट कल र ५० एसएमएस उपलब्ध हुनेछ भने ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट कल र १०० एसएमएस समावेश गरिएको छ।

यसैगरी, सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा पनि थप सुविधा थपिएको छ। ६९९ रुपैयाँदेखि १ हजार ९९९ रुपैयाँसम्मका प्याकेजमा अनलिमिटेड भ्वाइस, दैनिक २ जीबीदेखि अनलिमिटेड डाटासम्म र २०० देखि ५०० वटा एसएमएस उपलब्ध हुने व्यवस्था गरिएको छ।

प्रिपेड ग्राहकका लागि ९९ रुपैयाँमा ८ जीबी (१ दिन) र १९९ रुपैयाँमा २० जीबी (७ दिन) का नयाँ डाटा प्याक सुरु गरिएको छ। त्यस्तै, ९९९ र १ हजार ४९९ रुपैयाँका सजिलो अनलिमिटेड प्याकमा अनलिमिटेड अल–नेट कल, उच्च क्षमताको डाटा र सयौं एसएमएस सुविधा समावेश गरिएको छ।

टेलिकमले स्वतः नवीकरण हुने नमस्ते रिकरिङ ६९९ प्याक पनि थप गरेको छ भने कर्पोरेट प्रयोगकर्ताका लागि उपलब्ध सियूजी प्याकेजलाई समेत परिमार्जन गरेको जनाएको छ।

यसैबीच, नमस्ते क्रेडिट (सापटी) सेवा पनि परिमार्जन गरिएको छ। आगामी साउन १५ गतेदेखि ग्राहकले ३० रुपैयाँसम्म सापटी लिन सक्नेछन्, जसबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिनेछ।

नेपाल टेलिकमका अनुसार मनसुन अफर २०८३ साउन १२ गतेदेखि लागू भएको हो। ग्राहकले *१४१५# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजको जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit