काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार परिवार सुरक्षा बचत खातामा उपलब्ध बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै वित्तीय सुरक्षा सुदृढ बनाउन सहयोग पुर्याउँछ। कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ बिन्दुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्