Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

अब धेरै एप डाउनलोड गर्नुपर्ने झन्झट अन्त्य, ‘फिरिरी’ ले ल्यायो बहु–सेवा प्लेटफर्म

अब धेरै एप डाउनलोड गर्नुपर्ने झन्झट अन्त्य, ‘फिरिरी’ ले ल्यायो बहु–सेवा प्लेटफर्म
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा. लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन् ।

यसका साथै होटल तथा ट्राभल बुकिङ, डिजिटल भुक्तानी, रियल स्टेट सेवा, र घरायसी मर्मतका लागि ‘ह्यान्डिम्यान’ सेवा पनि उपलब्ध गराइएको छ । मनोरञ्जन र शिक्षालाई समेत प्राथमिकता दिँदै एपमा अन–डिमाण्ड चलचित्र र डिजिटल लर्निङ प्लेटफर्म समेत एकीकृत गरिएको छ, जसले गर्दा प्रयोगकर्ताले एउटै एपमार्फत विविध सुविधाहरू छिटो र सहज रूपमा उपभोग गर्न सक्नेछन् ।

स्वदेशी प्रविधिलाई बढावा दिने उद्देश्यले निर्माण गरिएको यो प्लेटफर्मले स्थानीय व्यवसाय, सेवा प्रदायक, फ्रीलान्सर र शिक्षकहरूलाई डिजिटल रूपमा जोड्ने लक्ष्य राखेको छ । विदेशी एपहरूको प्रभाव बढ्दै गएको वर्तमान अवस्थामा फिरिरीले नेपाली प्रयोगकर्ताका लागि भरपर्दो स्वदेशी विकल्प दिँदै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने दाबी गरेको छ ।

कम्पनीका अनुसार यो एपले रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै सेवाको पहुँच विस्तार गरी डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । ‘फिरिरी नेपालीका लागि, नेपालीद्वारा निर्माण गरिएको प्लेटफर्म हो,‘ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो लक्ष्य मोबिलिटी, व्यापार, सेवा, मनोरञ्जन र अवसरहरूलाई एउटै प्लेटफर्ममा जोड्दै आत्मनिर्भर डिजिटल इकोसिस्टम निर्माण गर्नु हो ।’

हाल यो एप नेपालका प्रमुख शहरहरूमा उपलब्ध भइसकेको छ । मोबिलिटीदेखि शिक्षा र रोजगारीसम्म फैलिएको यसको बहु–सेवा संरचनाले नेपालको डिजिटल रूपान्तरणमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit