काठमाडौं । सिरहा जिल्लाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ। आपूर्ति अनियमित बनेपछि उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन्।

ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा दैनिक खाना पकाउन समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्। कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा मात्रै ग्यास वितरण भइरहेको जनाइएको छ।

ग्यास अभावले गृहिणी, होटल तथा रेस्टुरेन्ट व्यवसायीसमेत प्रभावित भएका छन्। उपभोक्ताले नियमित र पर्याप्त ग्यास आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यता, ग्यासको अभाव कहिलेसम्म रहने भन्नेबारे सम्बन्धित डिलर तथा सरोकारवाला निकायले अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेका छैनन्। उपभोक्ताले कृत्रिम अभाव भएको भए त्यसको छानबिन गरी सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्