Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

निगमका कार्यकारी निर्देशक साहले सम्हाले कार्यभार,उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता

निगमका कार्यकारी निर्देशक साहले सम्हाले कार्यभार,उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र साहले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

पदबहालीपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग छुट्टै भेटवार्ता गरेका थिए । सो क्रममा मन्त्री यादवले साहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छन्।

यस्तै, मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतको शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादन र प्रभावकारी बजारीकरणको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइन्।

स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, उनले निगमभित्र आन्तरिक सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमप्रति जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ। कार्यभार सम्हालेपछि कार्यकारी निर्देशक साहले मन्त्रालयले दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापन सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit