Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नयाँ राहदानी प्रणाली सञ्चालनपछि छापिए २५ हजार बढी पासपोर्ट, दैनिक २ हजारले दिन्छन् आवेदन

नयाँ राहदानी प्रणाली सञ्चालनपछि छापिए २५ हजार बढी पासपोर्ट, दैनिक २ हजारले दिन्छन् आवेदन
विज्ञापन
Advertisement

काठमाडौं। परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएपछि राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार हाल दैनिक दुई हजारसम्म राहदानी आवेदनका लागि स्लट खुला गरिएको छ भने सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। नयाँ प्रणाली लागू भएसँगै आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको र त्यसलाई व्यवस्थापन गर्न दैनिक दुई हजारसम्म आवेदन फाराम खुला गरिएको उनले जानकारी दिए।

उनका अनुसार तोकिएको दैनिक स्लटमा आवेदन गर्न नपाएका तर मेडिकल इमर्जेन्सी वा अत्यावश्यक विदेश यात्राजस्ता विशेष कारण भएका सेवाग्राहीले राहदानी विभागमा सिधै सम्पर्क गरेमा अवस्था मूल्यांकन गरी सोही दिन राहदानी उपलब्ध गराउने व्यवस्था गरिएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राहदानी विभागले हाल दुई सिफ्टमा सेवा सञ्चालन गरिरहेको छ। पछिल्लो सातादेखि शनिबार र आइतबार पनि सेवा उपलब्ध गराइएकाले सेवाग्राहीको चाप व्यवस्थापनमा सहयोग पुगेको मन्त्रालयको विश्वास छ।

हाल देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, १३ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३३ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालन भइरहेको परराष्ट्रले जनाएको छ। साथै थप ६ नेपाली नियोगमा जुनसुकै समयमा बायोमेट्रिक (एनरोलमेन्ट) गर्न सकिने व्यवस्था मिलाउने तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता क्षेत्रीले बताए।

उनका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म २५ हजारभन्दा बढी राहदानी छापिएको छ। प्रारम्भिक चरणमा देखिएका केही प्राविधिक समस्या समाधानका लागि सम्बन्धित प्राविधिक टोली निरन्तर खटिएको र प्रणालीलाई थप स्थिर तथा सेवा प्रवाहलाई अझ सहज बनाउने काम जारी रहेको उनले जानकारी दिए। मन्त्रालयले राहदानी सेवासम्बन्धी सही सूचना र जनचेतना फैलाउन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि नागरिकलाई तथ्यपरक सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit