Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारलाई सरकारले दियो लालपुर्जा

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारलाई सरकारले दियो लालपुर्जा
विज्ञापन
Advertisement

भक्तपुर । भुमि समस्या समाधान समितिले नाप जाँच प्रकृया पूरा भएका भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्तीका नागरिकलाई समितिले लालपूर्जा दिएको हो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको समितिले जनाएको छ। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ४२१ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit