Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

‘फेस अफ लिटिल स्टार’ मार्फत बालबालिकाको प्रतिभा निखारिँदै

‘फेस अफ लिटिल स्टार’ मार्फत बालबालिकाको प्रतिभा निखारिँदै
विज्ञापन
Advertisement

काठमाडौं । बालबालिकाभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘फेस अफ लिटिल स्टार २०८३’ सिजन–१ को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चाबहिलस्थित विनायक सिद्ध कलेजको प्लस टु भवनमा आयोजित कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो । यसअघि सञ्चालन गरिएको अडिसनमा विभिन्न विद्यालयका १३० जना बालबालिकाले सहभागिता जनाएका थिए ।अभिमुखीकरण कार्यक्रममा सहभागी बालबालिका र अभिभावकलाई प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया, प्रशिक्षणका विषयवस्तु तथा ग्रान्ड फिनालेसम्म सञ्चालन हुने विभिन्न गतिविधिबारे जानकारी गराइएको जनाइएको छ।

कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले थप रौनक थपेका थिए । ‘होस्टेल ३’ को ‘प्रेम गीत’ का गायक युकेश रावल र हालै सार्वजनिक म्युजिक भिडियोमा स्वर दिएका गायक सुशन सुन्दासले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, रोशनी तामाङले स्वागत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन् । कार्यक्रममा प्रस्तुत सांगीतिक प्रस्तुति तथा म्युजिक भिडियोका गीतको शब्दरचना कार्यक्रमका म्युजिक डिभिजन डाइरेक्टर महेश ज्ञवालीले गरेका थिए ।

सुनौलो संसार म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान र प्रस्फुटनसँगै उनीहरूको आत्मविश्वास, सञ्चार तथा नेतृत्व क्षमता, अनुशासन र समग्र व्यक्तित्व विकासमा जोड दिएको छ । प्रतियोगिताअन्तर्गत सहभागी बालबालिकालाई नृत्य, गायन, अभिनय, व्यक्तित्व विकास, सञ्चार सीप, स्टेज कन्फिडेन्स, फेसन तथा ग्रुमिङलगायतका विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । यी प्रशिक्षणमार्फत बालबालिकाको अन्तर्निहित प्रतिभालाई निखार्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit