Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

३३८ किमि रेन्जसहित फराइजन भी७ई ईभी भ्यान नेपाली बजारमा

३३८ किमि रेन्जसहित फराइजन भी७ई ईभी भ्यान नेपाली बजारमा
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटो शो २०२६ मा फराइजनको नयाँ विद्युतीय भ्यान भी७ई सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई १४–सिटर विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार भी७ई नेपाली बजारमा उपलब्ध भ्यानमध्ये अत्याधुनिक तथा धेरै फिचरयुक्त मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भ्यानमा प्रयोग गरिएको छ। शशीला मोटर्सका अनुसार उक्त ब्याट्रीले एक पटकको चार्जमा ३३८ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

भी७ईमा ११० किलोवाट (करिब १५० पीएस) क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। मोटरले अधिकतम २३० एनएम टर्क उत्पादन गर्छ। फराइजनको आधिकारिक स्पेसिफिकेसनअनुसार ख्ठभ् मा ख्ःब्ह् एइध्भ्च् पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ। जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको भी७ई सुरक्षित, आरामदायी र व्यावसायिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। विद्युतीय प्लेटफर्ममा निर्माण भएकाले नेपालको खाल्डाखुल्डी सडकमा समेत ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ।

नयाँ ब्याट्री प्रविधिले लामो आयु, छिटो चार्जिङ र राम्रो रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार भ्यानको ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म १२ मिनेटमै चार्ज गर्न सकिन्छ। यद्यपि फराइजनको अन्तर्राष्ट्रिय स्पेसिफिकेसनमा ५०.२३ पध्ज संस्करणका लागि २०–८० प्रतिशत चार्जिङ समय १८ मिनेटसम्म उल्लेख गरिएको छ, त्यसैले नेपालमा उपलब्ध संस्करणको चार्जिङ दाबीलाई कम्पनीको स्थानीय स्पेसिफिकेसनअनुसार प्रस्तुत गर्नु उपयुक्त हुन्छ।

१४ सिट क्षमताको भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, कीलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता सुविधा छन्। त्यस्तै, १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ। सुरक्षातर्फ फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोललगायतका फिचर उपलब्ध छन्।

फराइजन भी७ईको आगमनसँगै नेपाली बजारमा यात्रुवाहक तथा व्यावसायिक प्रयोजनका लागि विद्युतीय भ्यानको विकल्प थप विस्तार हुने कम्पनीको विश्वास छ। नाडा अटो शोमार्फत सार्वजनिक गरिएको भी७ईले विशेषगरी सार्वजनिक यातायात, पर्यटक तथा संस्थागत प्रयोजनका लागि विद्युतीय सवारीको विकल्प विस्तार गर्ने अपेक्षा कम्पनीको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit