काठमाडौं। नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन्।
मोडेलअनुसार फरक हुने यी सुविधा देशभरका आधिकारिक सुजुकी शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ। योजना २०८३ साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म अर्थात् सन् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म लागू हुनेछ। ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारालगायत सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ।
ईभिटारामा थप चार्जर सुविधा
कम्पनीका अनुसार हाल सञ्चालनमा रहेको ‘ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै अफरका रूपमा निरन्तर रहनेछ। पहिलो १०० युनिट बिक्री भएपछि सुजुकी पर्वोत्सवका मोडेलअनुसारका सुविधा ईभिटारामा पनि लागू हुनेछन्। ईभिटारा खरिद गर्ने ग्राहकले गाडीसँग उपलब्ध ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क प्राप्त गर्नेछन्। होम चार्जर जडान भने ग्राहकको परिसरमा सम्भाव्यता रहेमा मात्र गरिने कम्पनीले जनाएको छ।
नाडा अटो शोमा नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन
सुजुकी पर्वोत्सवअन्तर्गतको विशेष आकर्षणका रूपमा नयाँ सुजुकी ब्रेजा नाडा अटो शो २०२६ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको छ। ब्रेजा प्रदर्शनीको पूरै छ दिन सुजुकीको प्याभिलियनमा रहनेछ। आगन्तुकले ब्रेजालाई नजिकबाट अवलोकन गर्नुका साथै गाडीभित्र बसेर यसको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा अपग्रेडबारे कम्पनीका प्रडक्ट विशेषज्ञबाट जानकारी लिन सक्नेछन्। कम्पनीका अनुसार नयाँ ब्रेजाले ५ स्टार भारत एनसीएपी सुरक्षा रेटिङ प्राप्त गरेको छ। नयाँ ब्रेजासहित सुजुकीका विभिन्न मोडेल काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोमा राखिएको छ।
बुकिङमा ‘स्क्र्याच एन्ड विन’
नाडा अटो शोका क्रममा सुजुकी प्याभिलियनमा छनोट गरिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले थप आकर्षक ‘स्क्र्याच एन्ड विन’ अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्। सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले सम्भावित ग्राहकलाई नजिकैको आधिकारिक सुजुकी डिलरसीप तथा नाडा अटो शोमा रहेको सुजुकी प्याभिलियनमा पुगेर मोडेलअनुसारका सुविधा र अफरबारे जानकारी लिन आग्रह गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्