काठमाडौं । नेपालमा ओमोडा र जेकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले अत्यधिक ग्राहक मागलाई ध्यानमा राख्दै जेको जे५ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने नाडा विशेष योजनाअन्तर्गत जेको जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
गत अगस्ट ११ देखि १६ सम्म आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जेको जे५ प्रोप्रति देखिएको उत्साहजनक प्रतिक्रिया र बढ्दो ग्राहक मागलाई सम्बोधन गर्दै कम्पनीले यो विशेष योजना ल्याएको हो। योजना पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ।
नाइमा मोबिलिटी एक्स्पोका क्रममा जेको जे५ प्रो बुकिङ गरिसकेका ग्राहकलाई समेत यही विशेष मूल्य उपलब्ध गराइने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय
जेको जे५ ले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो बजार हिस्सा हासिल गरेको कम्पनीको दाबी छ। विशेषगरी थाइल्यान्ड र इन्डोनेसियामा यो सबैभन्दा बढी बिक्री हुने विद्युतीय एसयूभीका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।
नेपाली बजारका लागि जेको जे५ प्रो शक्तिशाली विद्युतीय मोटर र एसयूभी क्षमतासहित उपलब्ध गराइएको छ। यसमा १५५ किलोवाटको विद्युतीय मोटर रहेको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ।
यसको १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले नेपाली सडकका विविध अवस्थाका लागि उपयोगी बनाउने कम्पनीको भनाइ छ। साथै, फुल(साइज स्पेयर टायर उपलब्ध भएकाले लामो दूरीको यात्रा तथा कठिन सडकमा थप व्यावहारिकता प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रिमियम सुविधाले भरिपूर्ण
जेको जे५ प्रोमा ५०।७ किलोवाट(घण्टा क्षमताको ब्याट्री, १९ भन्दा बढी उन्नत चालक सहायता तथा सुरक्षा प्रणाली, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेस उपलब्ध छ।
शक्तिशाली मोटर, उच्च ग्राउन्ड क्लियरेन्स, पर्याप्त बुटस्पेस, आधुनिक सुरक्षा प्रविधि र प्रिमियम सुविधाका कारण जेको जे५ प्रो नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धी विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
कम्पनीले ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई ध्यानमा राख्दै जेको जे५ प्रोसँग ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराएको जनाएको छ।
शक्तिशाली विद्युतीय प्रदर्शन, एसयूभीको व्यावहारिकता, आधुनिक प्रविधि र दीर्घकालीन वारेन्टीको संयोजनले जेको जे५ प्रोलाई प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि आकर्षक विकल्प बनाएको कम्पनीको दाबी छ।
















प्रतिक्रिया दिनुहोस्