Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

हवाई भाडा बढाएको समाचारप्रति बुद्ध एयरको स्पष्टीकरण, ‘साबिककै भाडादरमा उडान’

हवाई भाडा बढाएको समाचारप्रति बुद्ध एयरको स्पष्टीकरण, ‘साबिककै भाडादरमा उडान’
विज्ञापन
Advertisement

काठमाडौं । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बुद्ध एयरले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । प्रभावित नागरिकको आवागमन सहज बनाउन बुद्ध एयरले भैरहवा, भरतपुर र पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरेको जनाएको छ । यात्रुको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न गन्तव्यमा थप उडानको व्यवस्था गरिएको एयरलाइन्सको भनाइ छ ।

बुद्ध एयरका अनुसार उद्धार तथा राहत कार्यमा संलग्न सरकारी तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो हवाई सेवा प्रदान भइरहेको छ । उद्धार कार्यमा खटिएका टोलीहरूको आवागमन सहज बनाउन आवश्यक हवाई यात्रा व्यवस्थासमेत मिलाइएको एयरलाइन्सले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित नागरिकको सेवामा समर्पित रहँदै उद्धार तथा राहत प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता पनि बुद्ध एयरले व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit