Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको गुनासो गम्भीर : कांग्रेस

शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको गुनासो गम्भीर : कांग्रेस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौती बन्दै गएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै उनले शव व्यवस्थापनका क्रममा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको गुनासोसमेत आएको बताए । उनले भने,‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ। शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ। भोटेकोशी र त्रिशूली क्षेत्रको दुर्गन्ध हाम्रो लागि विशेषगरी ठूलो चुनौती हो।’

आङ्देम्बेले यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराएको बताए। शनिबार प्रधानमन्त्रीसँग भेट गरेपछि स्थानीय तहका नेता तथा कार्यकर्तासँग फोनमार्फत प्राप्त जानकारीका आधारमा आफूले नौबुँदे ध्यानाकर्षण गराएको उनको भनाइ छ । प्रभावित क्षेत्रमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए। ‘हिजो मेरो प्रधानमन्त्रीसँग भेट भइसकेपछि मैले नौ बुँदामा ध्यानाकर्षण गराएको छु । स्थानीय तहका नेता साथीहरूसँग फोनमार्फत भएका कुराकानीका आधारमा ती नौवटा बुँदा समेटेको हुँ । जहाँ–जहाँ प्रभावित स्थल छन्, त्यहाँ तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’

विपद्को समयमा नेपाली कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा पनि आङ्देम्बेले जोड दिए। बाढी प्रभावितको बीचमा पार्टीको झण्डा लिएरभन्दा विशुद्ध सेवाको भावनासहित पुग्नुपर्ने उनले बताए । ‘यस्तो बेला पार्टीको झण्डा बोकेर बाढीपीडितको ठाउँमा नगई विशुद्ध सेवाको रूपमा हामी अगाडि जानुपर्छ। सेवा देखेपछि मान्छेले आफैं पार्टी चिन्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit