काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको हो ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय प्रयासमा बैंकले ऐक्यबद्धता जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्