रसुवा । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले चार करोड रुपियाँ सहयोग गरेको छ ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहितको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको ग्रुपले जानकारी दिएको हो ।
शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख बराबरका दुई हजार पाँच थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको जनाएको छ ।
विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शंकर ग्रुपले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उद्दार कार्यमा खटिएका सुरक्षाकर्मीको पनि पनि समूहले सम्मान प्रकट गरेको छ । शंकर ग्रुपले राष्ट्रिय सङ्कटको बेला भविष्यमा पनि दायित्व निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्