काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई १५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशको कुल रकम १५ करोड रुपैयाँ बराबर रहेको छ । लाभांश वितरणका लागि कम्पनीले बुक क्लोजको मिति भने तोकेको छैन। बुक क्लोजको मितिसम्म कायम रहने इकाईधनीले उक्त नगद प्रतिफल प्राप्त गर्नेछन् ।
हिमालयन ८०–२० १० वर्षे अवधिको बन्दमुखी सामूहिक लगानी कोष योजना हो । यो योजना २०८० भदौ २६ गतेदेखि सञ्चालनमा आएको थियो।















प्रतिक्रिया दिनुहोस्