काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको भाउमा आइतबार पनि बढोत्तरी हुँदा सोमबार भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८५ हजार २०० रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुन तोलाको २८ सय रुपैयाँले घटेको हो । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, सोमबार चाँदीको मोल पनि ओरालो लागेको छ। महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले चार हजार ३७५ रुपैयाँ खर्चिनुपर्नेछ। आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा खरिदबिक्री भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा १०० रुपैयाँले सस्तिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो।














प्रतिक्रिया दिनुहोस्