Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

जलविद्युत् प्रभावित स्थानीयलाई १०० रुपैयाँमै शेयर दिन निर्देशन

जलविद्युत् प्रभावित स्थानीयलाई १०० रुपैयाँमै शेयर दिन निर्देशन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीयवासीलाई प्रतिकित्ता १०० रुपैयाँको अंकित मूल्यमै साधारण शयर उपलब्ध गराउन निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिको बिहीबार बसेको बैठकले आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइने १० प्रतिशत शेयर प्रिमियम मूल्यमा नभई अंकित मूल्य (फेस भ्यालु) मै निष्कासन सुनिश्चित गर्न नियामक निकायलाई निर्देशन दिएको हो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) अनुसार जलविद्युत् कम्पनीहरूले आफ्नो जारी पुँजीको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयवासीका लागि अनिवार्य रूपमा छुट्ट्याउनुपर्ने व्यवस्था छ।समितिले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई नियमावलीअनुसार तत्काल आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

पछिल्लो समय लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाले प्रत्यक्ष प्रभावित स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने तयारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका थिए। स्थानीयको विरोधपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पनि विज्ञप्ति जारी गर्दै आयोजना प्रभावित स्थानीयलाई अंकित मूल्यमा नै साधारण शेयर निष्कासन गर्न आग्रह गरेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit